युवानेता बस्नेतले गरे एमाले सचिबका लागि उम्मेदवारी घोषणा
भक्तपुर। यहीँ आउँदो १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।

आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरीका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गर्दै सचिव पदमा उम्मेदवारी दिने बताउनु भएको हो ।
पार्टीको र देशको लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि पनि सचिव पदमा आफूले उम्मदवारी दिने निर्णय गरेको उहाँको भनाइ छ ।

