एमाले अध्यक्षका लागि उपाध्यक्ष रावलले गरे उम्मेदवारी घोषणा



काठमाडौ।नेकपा एमालेभित्र सर्बसम्मत अध्यक्षको बहस चलिरहेका बेला उपाध्यक्ष डा। भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रावलले आगामी महाधिवशेनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । साथै उनले आफ्ना प्रतिबद्धताहरु समेत घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत नेता रावलले राजनीतिक जीवनको आरम्भदेखिनै नै आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए ।

उनले भने, ‘त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरुको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरुलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धि विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु । मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु ।

यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा ९एमाले० को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्