नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जनाको मनोनयन



काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ।

आर्थिक समितिका संयोजक एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र चार जना सल्लाहकार नियुक्त गरेका छन्।

कार्कीले सदस्यहरुमा उमेश श्रेष्ठ, दिपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुँगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे छन्।

त्यस्तै सल्लाहकारहरुमा दिपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङ चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्