नेकपा माओवादी केन्द्र: आज देशभर वडा अधिबेशन गर्दै,अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने



काठमाडौं।मंसिर ११ मा पालिका र २५ गते सात प्रदेशको अधिवेशन गर्ने तयारीमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज देशैभर एकैपटक वडा सम्मेलन गर्नेभएको छ।अधिबेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट सबै वडाको एकैपटक उद्घाटन गर्ने सो पार्टीले जनाएको छ।

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन घोषणा गरेको माओवादी केन्द्रले त्यसकै तयारीस्वरूप आज देशैभरका वडा सम्मेलन गर्न लागेको हो।शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले आज वडा सम्मेलनपछि मंसिर ११ गते पालिका अधिवेशन गर्ने जानकारी दिएको छ।

सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन सुरु गरेको हो। उसले वडामा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने जनाएको छ। यदि सो सम्भव नभए निर्वाचनमा जान पार्टीले निर्देशन दिएको छ। तर विभाजित मानसिकता बनाएर समूहगत रूपमा भने नजान तल्ला तहका नेतारकार्यकर्तालाई स्पष्ट निर्देशन दिएको छ।

निर्वाचनका लागि देशभरका ६ हजार ७४३ वडामा पार्टीले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ। यस्ता समिति पालिका र प्रदेशमा पनि गठन भएको जनाइएको छ। प्रदेशमा ७ र पालिकामा ५ सदस्यीय निर्वाचन समिति बनाइएको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्