फेरि सर्यो राप्रपा महाधिवेशनको मिति,अब १५-१७ मंसिरमा हुने
काठमाडौं।राप्रपाको पूर्ब घोषित केन्द्रीय महाधिवेशन आउन ९ दिन बाँकी रहँदा राष्ट्रिय महाधिवेशन पुनस् सारिएको छ।

यसअघि चौथो पटकसम्म सरेको पार्टीको महाधिवेशन तयारी नपुगेको भन्दै पुनः सारिएको राप्रपाले जनाएको छ। उनका अनुसार अब मंसिर १५, १६ र १७ गते काठमाडौंमा महाधिवेशन हुने छ ।
यसअघि ११ देखि १३ मंसिरमा केन्द्रीय महाधिवेशनको मिति तय भएको थियो । यस्तै, पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सरेको छ । भोलि अर्थात् ३ देखि ५ गतेसम्म तय गरिएको निर्वाचन मिति सरेको हो ।
अब प्रतिनिधिहरूको निर्वाचन मंसिर ६ देखि ८ गते सम्म हुनेछ ।

