एकीकृत शक्तिले सार्बजनिक गर्‍यो घोषणापत्र,पृथ्वीनारायण शाहको बिचारलाई मार्गदर्शक सिद्धान्त मान्ने



काठमाडौँ। वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी नेतृत्वको नयाँ दल एकीकृत शक्ति नेपालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बिचारलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अघि बढाउने भएको छ।

हिन्दु धर्म स्थापनालाई मूल आधार बनाएर केहि समय अघि मात्रै स्थापना भएको उक्त दलले पृथ्वीनारायण शाहको विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गरेर अगाडी बढ्ने जानकारी बुधबार गराएको हो।

ललितपुरमा केही सञ्चारगृहका सम्पादक तथा पत्रकारहरुसँग छलफलका क्रममा उक्त दलले आफ्नो घोषणापत्र सार्वजनिक समेत गरेको थियो।

नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा नेकपा एमालेका नेता मदन भण्डारीलाई प्रेरक व्यक्तित्वका रुपमा उल्लेख गरेको सो दलले पर्यावरणीय अवस्था, जनताको खुसी, इतिहास र सभ्यताको रक्षा, सुशासन, मौलिक धर्म, संस्कृति तथा परम्पराको संरक्षणलाई विकासको मापदण्डका रुपमा अगाडि बढाउने बताएको छ। आफ्नो पार्टीको चुनाब चिन्ह शुक्रबार सार्बजनिक गर्ने जानकारी समेत पत्रकार सम्मेलनमा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्