प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुराको सक्रिय सदस्यता विवाद उत्कर्षमा,सानेपामा अनशन सुरु
काठमाडौं ।प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको सक्रिय सदस्यता विवाद कांग्रेस मुख्यालय सानेपा आईपुगेको छ।

एकलौटी रूपमा आफूहरूलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका विभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाइ नभएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा अनसन सुरु गरेपछि सक्रिय सदस्यता विवाद सानेपा आईपुगेको हो।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादकाबीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरूले अनशन सुरु गरेका हुन् ।अनसनकारीहरुले जिल्लामा सम्पन्न भएको भनिएको
वडा अधिवेशन पुनःगर्नुपर्ने माग अगाडी सारेका छन् ।

