सर्बोच्च अदालतमा न्यायाधीसहरु फर्कने क्रम सुरु, आज भए २८ मुद्दाको सुनुवाइ
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजनीमा दिनुपर्ने एक सुत्रीय बारको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै इजलास बहिष्कार गरेका केहि न्यायाधीशहरु काममा फर्किएका छन् ।

तीन सातापछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ हुन थालेसंगै बार आन्दोलनको प्रायोजित आन्दोलनसमेत कमजोर हुने देखिएको छ।मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासमा २८, प्रकाशकुमार ढुंगाना र डा। कुमार चुडालको संयुक्त इजलासमा एउटा र बमकुमार श्रेष्ठ र डा। मनोजकुमार शर्माको इजलासमा चारवटा मुद्दाको सुनुवाइ भएको छ ।
न्यायाधीशद्वय मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलास बसे पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आठ संयुक्त र दुईवटा एकल इजलास तोकेका थिए । जसमध्ये आज ६ वटा इजलास बस्न सकेन । ८ कात्तिक यता बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्रै सर्वोच्चमा सुनुवाइ हुँदै आएको थियो । अन्य मुद्दाहरूको पेसी तोकिए पनि इजलासमा सुनुवाइ हुने गरेको थिएन ।
अवज्ञामा उत्रिएका १५ जनामध्ये पाँच जना न्यायाधीश भने इजलासमा फर्केका छन् । यससँगै न्यायाधीशहरू इजलास फर्किने देखिएको छ ।

