मौका पाउँदा पनि काम गर्न नसक्ने नेतृत्वलाई बिदा नगरी कांग्रेस मजबुत हुंदैन : प्रकाशमान



पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्व परिवर्तन नभइ पार्टी मजबुत हुन नसक्ने बताएका छन् ।

मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४ औं महाधिवेशनपछि तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनका लागि मौका पाउँदा पनि गर्न नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाई थियो । जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्दै नेता सिंहले मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको बताए । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउन क्षमता चाहिन्छ ।’

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उनले भने, ‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्