प्रदेश प्रतिनिधिमा निर्बाचित बास्तोला भन्छन्,- ‘नवीन सोचसहितको कांग्रेस निर्माणमा सक्दो भूमिका खेल्छु’



सोलुखुम्बु।नेपाली कांग्रेस प्रदेश क को प्रदेश प्रतिनिधिमा खस आर्य तर्फबाट निर्बाचित पोषकुमार बास्तोला (पुष्कर) ले आफुलाई निर्बाचित गराउने क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सोमबार सम्पन्न जिल्लाको प्रदेश क मा पूर्बमन्त्री बलबहादुर केसी पक्षका सभापतिका उम्मेदवार धन्जन राईको प्यानलबाट प्रदेश प्रतिनिधिमा बिजयी बास्तोलाले आफुलाई अमूल्य मतदान गरि बिजयी गराउने क्षेत्रीय प्रतिनिधिहरु मतको अपमान हुन नदिने प्रतिबद्धतासहित धन्यवाद व्यक्त गरेका हुन।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघका इकाई सभापतिसमेत रहेका बास्तोलाले प्राप्त यो जिम्मेवारीले आफुलाई नबिन सोचसहितको नेपालि कांग्रेस र समृद्द समाज निर्माणका लागि थप हौसला र प्रेरणा प्रदान गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्