गभर्नर अधिकारी सार्क फाइनान्स अध्यक्षमा चयन
काठमाडौं( नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन्। सार्क राष्ट्रका गभर्नरहरुको समूह सार्क फाइनान्सको सोमबार सम्पन्न ४२औं बैठकले आगामी गभर्नर अधिकारीलाई एक वर्षका लागि अध्यक्षमा चयन गरेको हो।

राष्ट्र बैंकका अनुसार मङ्गलबार ९नोभेम्बर १६० देखि लागू हुनेगरी गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका हुन्।
माल्दिभ्स मनिटरी अथोरिटीद्वारा आयोजित ‘भर्चुअलु’ बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो।
बैठकमा विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले आ(आफ्नो मुलुकको समष्टिगत आर्थिक स्थितिबारे जानकारी गराएका थिए। सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको म्याक्रो सर्भिलेन्स इन्डिकेटर्स ९एमएसआई०बारे संक्षिप्त जानकारी गराएका थिए।
बैठकमा सार्क फाइनान्स कोल्याबोरेटिभ स्टडीका लागि नेपाल राष्ट्र बैंकले नेतृत्व गरेको ुप्रस्पेक्ट अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सीबीडीसी० इन सार्क रिजनु विषयमा हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो।
बैठकको अन्त्यमा सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसीमलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सार्क फाइनान्स अध्यक्षका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

