प्रदेश १ : आज मुख्यमन्त्री राईले विश्वासको मत लिने



काठमाडौं। प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजेका लागि बोलाईएको छ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएपछि प्रदेश सभाको बैठक बोलाईएको हो ।

मुख्यमन्त्री राईले विश्वासको मत लिने भएपछि सत्तागठबन्धनका सांसदहरुलाई होटलमा हिंजै एकीकृत गरेर पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको थियो।ुनेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश नं। १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ को उपनियम ९४० बमोजिम प्रदेश नं। १ का माननीय मुख्यमन्त्री श्री राजेन्द्र कुमार राईले सभामा बिस्वासको मतका लागि प्रस्ताब पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने,ु प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्