४१ जिल्लामा चुनिए महाधिवेशन प्रतिनिधि,बांकी जिल्लाको ३० गतेसम्म सक्न एमालेको निर्देशन



काठमाडौं । १० औँ महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले हालसम्म एमालेले १० औँ महाधिवेशनका लागि ४१ जिल्लाको प्रतिनिधि टुंग्याएको छ ।

२७ गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्ने एमालेको कार्यतालिका रहेपनी सबै जिल्लामा सम्पन्न भएपछि बांकी जिल्लाको ३० गतेसम्म सम्पन्न गर्न निर्देशन दिइएको सो पार्टीले जनाएको छ।

कतिपय जिल्लामा सहमतिका आधारमा प्रतिनिधि छनोट भएका छन् । भने केही जिल्लामा निर्वाचन मार्फतमा प्रतिनिधि छनोट भएको हो ।उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको बताइएको छ ।

एमालेको दशौँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । जसका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्