सोलु कांग्रेस : यी हुन प्रदेश ‘क’ अधिबेशनका लागि मैदानमा उत्रिएका दुबै समूहका उम्मेदवार

सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुको सोमबार हुने अधिवेशनमा परिणाम आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरू यतिबेला अन्तिम कसरतमा जुटेका छन्।

पूर्बमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्ब जिल्ला सभापति आङगेलु शेर्पा समूह प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएको छ।दुई प्रदेश क्षेत्र रहेको सोलुखुम्बुको क मा केसी पक्षबाट धन्जन राई र शेर्पा समूहबाट रोशनबाबु थुलुङ सभापतिका लागि चुनावी मैदानमा छन् ।
प्रदेश क का लागि पदाधिकारीदेखि प्रतिनिधिसम्मका दुबै पक्षको नामावली सार्बजनिक भएपनि प्रदेश ख मा पदाधिकारी बाहेक अन्यको उम्मेदवारी टुंगो लगाउन दुबै पक्ष तीब्र छलफलमा छन् । प्रदेश ख मा केसी पक्षको नेतृत्व प्रेम थापामगर र शेर्पा पक्षको नेतृत्व कर्मा शेर्पाले गर्दैछन् ।
प्रदेश क मा केसी पक्षका सभापतिका उम्मेदवार राईको प्यानलबाट उपसभापतिमा फुर्तिमान तामाङ र टार्जन कुलुङ सचिबमा बिजय गुरुङ र हेमराज भट्टराई तथा सहसचिवमा भिमचन्द्र राई र तेजबहादुर बस्नेत उम्मेदवार छन् ।
सो समूहबाट प्रदेश प्रतिनिधिका लागि खुला तर्फ बाबुराजा केसी, शंकरबाबू कार्की,अश्विनबाबु थापा,शौरभ बरुवाल,जय राई,उत्तम नाछिरिङ,कैलाश केसी,खुला महिला मा कुमारीदेवी शर्मा,हरिदेवी भुजेल र अन्जु खालिङ,खस आर्यबाट पोषकुमार बास्तोला र शर्मिला खड्का आदिवासी जनजाति पुरुषमा केदार गुरुङ र सन्चराम कुलुङ आदिवासी जनजाति महिला नीरकला राई र छलिमाया राई अल्पसंख्यकबाट प्रदीप भुजेल खवास र दलबहादुर नेपालीले प्रतिस्पर्धा गर्दैछन् ।
उता शेर्पा समूहको सभापति उम्मेदवार थुलुङको प्यानलबाट उपसभापतिमा भानुभक्त उपाध्याय र भक्तिराम राई कुलुङ सचिबमा बाबुराम आचार्य र टेक नाछिरिङ सहसचिवमा अगमसिंह राई र सुर्यबहादुर कार्की उम्मेदवार बनेका छन् ।
सो समूहबाट प्रदेश प्रतिनिधिमा खुलातर्फ कैलाश थापा,ग्याल्जेन शेर्पा,प्रेमबहादुर बस्नेत,तेजुप्रसाद राई,द्रोण बास्तोला,मदनसर राई र कृष्णमान तामाङ खस आर्य धर्मध्वज बस्नेत र अन्जु कार्की खुल्ला महिलातर्फ यमुना बस्नेत,मेनुका राई र जुनामाया नेपाली आदिवासी जनजाति पुरुषमा फुर्तेम्बा शेर्पा र सुखधन किराँत महिलातर्फ अनु राई र पदमकुमारी राई अल्पसंख्यक अपांगबाट रोशन राउत र दलिततर्फबाट निरकुमार नेपाली मैदानमा रहेको बताईएको छ। दुवै प्रदेश समितिहरुमा सोमबार विहान ८ बजेबाट निर्वाचन प्रकृया शुरु हुने निर्बाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए।
प्रदेश सभा ‘क’ को थुलुुङ दुधकोशी पालिकाको केन्द्र मुक्लिमा र प्रदेश सभा ‘ख’ को सोलुदुधकुण्ड नगरपालिकाको केन्द्र सल्लेरीमा हुने नेपाली कांग्रेसले जनाएको छ।

