सोलुखुम्बु : जिल्लाकै पहिलो महिला गाउँपालिका कमिटी अध्यक्ष बनिन् जुनिता



सोलुखुम्बु ।नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा जुनितामाया मगर सर्बसम्मत चयन भएकी छन् ।

बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम अधिबेशनले गाउँपालिका कमिटी अध्यक्षमा चयन गरेसंगै गाउँपालिकामा पार्टीको नेतृत्व गर्ने एकमात्र महिला बन्न पुगेकी छन् । सोलुखुम्बुमा कृयाशिल कुनै पनि राजनीतिक दलहरुका स्थानीय तहमा महिला अध्यक्ष छैनन् । मगर गत स्थानीय तहको निर्बाचनबाट निर्बाचित माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष समेत हुन।

अधिबेशनले उपाध्यक्षमा अर्बिन राइ, सचिबमा हाकिमध्वज राइ, उपसचिबद्वयमा साङ्गे शेर्पा र चन्द्र बहादुर राइलाई चयन गरेको एमाले माप्यदुधकोशीले जनाएको छ।अधिबेशनले वडा नं १,२,३,४,५,६ र ७ को वडाध्यक्ष्यमा क्रमशः भक्तबहादुर राई,चतुरमान राई,लोकजीत कार्की, याकर राई,हिमाल तामाङ,दलबहादुर राई र रमेश राई निर्बाचित भएको अध्यक्ष मगरले जानकारी दिईन।

नेकपा एमाले प्रदेश नं(१ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्य तथा प्रदेश कमिटी सदस्य मानबीर राईको बिशेष आतिथ्यमा सम्पन्न अधिबेशनको उद्घाटनसत्रमा राजभण्डारी र राईका अलावा प्रदेश कमिटी सदस्य बुद्धिकिरण राई,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, जिल्ला कमिटी उपाध्यक्ष हर्क बहादुर राई,सचिब शिशिर खालिङ,सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राई र राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष प्रवेश किराँती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सोलुखुम्बु अन्य स्थानीय तहमा भने एमालेले यश अघि नै अधिबेशन सम्पन्न गरेको थियो।सबै स्थानीय तहमा एमालेले सर्बसम्मत रुपमा नेतृत्व छनौट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्