राष्ट्रिय जनगणना आजबाट,सही तथ्यांक दिएर सहयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्। बिहीवार बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।

ुदेश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट सुरु हुँदैछ,ु देउवाले भनेका छन्, ुसही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु।ु

 

देउवाले व्यक्तिगत तथ्यांकहरु सबै गोप्य रहनेसमेत बताए। ुतपाईहरुले दिनुभएको सम्पूर्ण व्यक्तिगत विवरणहरु तथ्यांक एन २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकहरुलाई सही विवरण उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु,ु प्रधानमन्त्री देउवाले भनेका छन्।

केन्द्रीय तथ्यांक विभागले यसपटकको जनगणना आजबाट शुरु गर्दैछ। हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्