भाईटीकामा एमाले अध्यक्ष ओलीको शुभकामना – ‘आपसी स्नेह र प्रेम थप प्रगाढ बनाऔं’



काठमाडौं।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शनिबार एक सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । भाई टीकाले दाजुभाई दिदीबहिनीहरुमा आपसी स्नेह र प्रेम थप प्रगाढ बनाएपनि पछिल्लो समय यसमा बिकृति पनि मौलाएको उहाँको ठम्याइ छ । उक्त बिकृतिलाई हटाउनु पर्ने उहाँले सन्देशमार्फत बताउनु भएको छ ।

“भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी्भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ,” उहाँले भन्नुभएको छ।

औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने उहाँले बताउनुभएको छ। यस्ता अभ्यासलाई सच्याएर चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्