यस्तो छ एकीकृत समाजबादी स्थायी समितिको निर्णय



काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी० ले पार्टीका पाँच विभागलाई पूर्णता दिएको छ।

केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार विज्ञप्ति जारी गरेर जानकारी गराएको हो ।

झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ । यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन् ।बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीले निर्णय गरेको हो।

बुधबार बसेको बैठकले उक्त निर्णय गरेको उपमासचिव तथा केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बेदुराम भुसालको नेतृत्वमा संगठन विभाग, डा। गंगालाल तुलाधरको नेतृत्वमा शिक्षा विभाग तथा विपद व्यवस्थापन विभाग गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।यस्तै गोविन्द कोइरालाको नेतृत्वमा सहकारी विभाग गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्