सोलुका ७ स्थानीय तहमा एमालेको अधिबेशन सम्पन्न, यी हुन् निर्बाचित गाउँपालिका कमान्डर
सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले सोलुखुम्बुका आठ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा पार्टीको अधिबेशन सम्पन्न गरेको छ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिका बाहेक अन्य ७ वटा स्थानीय तहको अधिबेशन सोमबारबाट सम्पन्न भएको हो।प्राविधिक कारणले माप्यको अधिबेशन अझै निश्चित नभए पनि सोमबार नेचासल्यान गाउँपालिकाको अधिबेशनले आगामी कार्यकालका लागि एमालेको नेतृत्व चयन गरेको छ।
नेचासल्यान नेकपा एमालेको अध्यक्षमा जगन्नाथ बास्तोला दोहोरिएका छन् ।उनी यसअघि पनि गाउँपालिका कमिटीको अध्यक्ष थिए।उपाध्यक्षमा कोषराज निरौला,सचिबमा ओमप्रसाद बास्तोला र सहसचिवद्वयमा कल्पना राई तथा आशिष राईलाई सर्बसम्मत निर्बाचित गरेको नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।
अध्यक्ष बास्तोलाका अनुसार यस अघि सम्पन्न अधिबेशनले सोताङ गाउँपालिका कमिटीको अध्यक्षमा बिरबहादुर राईलाई सर्बसम्मत रूपमा चयन गरेको थियो।अध्यक्षमा चयन भएका राई गएको स्थानीय तहको निर्बाचनबाट सोताङ गाउँपालिकाका निर्बाचित अध्यक्ष समेत हुन।सोताङ गाउँपालिका कमिटीको उपाध्यक्षमा रहिबहादुर कार्की, उपसचिवद्वयमा लक्षुमण खालिङ र चन्द्र बस्नेत सर्बसम्मत भएका छन् ।
यसैगरी जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको अध्यक्षमा मिङमार छिरी शेर्पा निर्बाचित भएका छन्।ऊनी पनि गएको स्थानीय तह निर्बाचनबाट निर्बाचित वडाध्यक्ष हुन । नगर कमिटीको उपाध्यक्षमा मिङमार तामाङ,सचिबमा अर्जुन कार्की र उप सचिबद्वयमा आङफुर्वा शेर्पा तथा जय राई छन् ।
नेकपा ९एमाले० खुम्बु पासाङल्हामू गाउँपालिका कमिटी अधिबेशनले गाउँपालिका कमिटीको अध्यक्षमा ल्हाक्पा गेल्जेन शेर्पालाई सर्बसम्मत चयन गरेको छ।शेर्पा नेतृत्वको कमिटीमा उपाध्यक्षमा ङिमा तेण्डी शेर्पा ,सचिव टंक कालिकोटे र उपसचिवमा छिमी छिरीङ शेर्पा निर्बाचित भएका छन्।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षको जिम्मेवारी उदयनारायण बस्नेतले प्राप्त गरेका छन् ।बस्नेत नेतृत्वको गाउँपालिका कमिटीमा पार्बती राईले
उपाध्यक्ष,रामचन्द्र कार्कीले सचिब तथा सिमसन राई र दावा तामाङले सहसचिवको जिम्मेवारी पाएका छन्।अध्यक्षको जिम्मेवारी पाएका बस्नेत पनि गत स्थानीय तहको निर्बाचनबाट निर्बाचित वडाध्यक्ष हुन ।
यस्तै महाकुलुङ गाउँपालिका कमिटी को नेतृत्व मच्छिन्द्र राईले गर्ने भएका छन्।गत ९ गते सम्पन्न गाउँपालिका कमिटीको अधिबेशनले अध्यक्षमा राईसंगै उपाध्यक्षमा सुर्य कुमार राई,सचिबमा अजय ठटाल र उपसचिवमा बिजय कुलुङ तथा कामना कुलुङलाई सर्बसम्मत रूपमा चयन गरेको हो।
उता जिल्लाको लिखुपिकेको सम्पन्न अधिबेशनले गाउँपालिका कमिटीको अध्यक्षमा हिक्मत बहादुर बस्नेतलाई निर्बिरोध निर्बाचित गरेको छ।उनी पनि निर्बाचित वडाध्यक्ष नै हुन। बस्नेत नेतृत्वको लिखुपिके गाउँपालिका कमिटीको सचिबमा तेज बहादुर बस्नेत रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए।

