एमाले महाधिवेशन : यस्तो छ नेताहरुको कार्य बिभाजन



काठमाडौँ।चितवनको नारायणी नदी किनारमा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको प्रमुख बिपक्षी दल नेकपा एमालेले मूल व्यवस्थापन समिति अन्तर्गत विभिन्न १२ वटा समिति गठन गरेको छ । जसमा प्रतिनिधि व्यवस्थानको संयोजन संगठन विभागले गर्नेछ ।

रामबहादुर थापाको संयोजकत्वमा रहेको मूल व्यवस्थापन समिति अन्तर्गत जनपरिचालनमा सुरेन्द्र पाण्डे, प्रचारप्रसारमा योगेश भट्टराई, सांस्कृतिकमा रघुजी पन्त र देवी ज्ञवाली, आर्थिकमा विष्णु रिमाल, स्वास्थ्यमा भानुभक्त ढकाल, मञ्च व्यवस्थापनमा शेरबहादुर तामाङले नेतृत्व गर्ने छन् ।

त्यसैगरी, अतिथि सत्कारमा राजन भट्टराई, आवास व्यवस्थापनमा कृष्णभक्त पोखरेल, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, यातायात व्यवस्थापनमा काशीनाथ अधिकारी र खाद्य व्यवस्थापनमा कपिल पोखरेल तथा पार्वती रावलले जिम्मेवारी प्राप्त गरेको प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताएका छन् । थापाका अनुसार शुक्रबार बसेको मूल व्यवस्थापन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्