पूर्बमन्त्री केसीको वडामा एमालेको अधिबेशन सम्पन्न,२ दर्जन बढी कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश
सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) नेचा सल्यान गाउँपालिका वडा नं -२ कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले गणेश राइको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ।वडा कमिटीको उपाध्यक्षमा इन्द्र बास्तोला, सचिबमा छत्रबहादुर खत्री र सहसचिवद्वयमा कबिराज नेवार र गोमाकला राई छन् ।
नेपाली पूर्बमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको गृह वडासमेत रहेको सो वडामा नेपाली कांग्रेस त्यागेर २७ जना कार्यकर्ता एमालेमा प्रवेश गरेको गाउँ कमिटी केदार निरौलाले जानकारी दिए।कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई जिल्ला कमिटी अध्यक्ष बास्तोला र प्रदेश कमिटी सदस्य डीबी किराँती लगायतका नेताहरुले स्वागत गरेको बताईएको छ।
कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरूमा नवीन नेवार, कबिराज प्रधान,सुरेश नेवार,मदन नेवार,लक्षुमन नेवार,बिमल नेवार,सरोज नेवार,लेखनाथ निरौला, भक्तबहादुर केसी, सन्तोष सुन्दास,सन्तोष गुरुङ,निरबहादुर नेपाली र सीता सार्की लगायत रहेको निरौलाले जानकारी दिए।
सोही अधिबेशनले अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपाल को २ नं वडा कमिटी गठन गरिएको थियो।अध्यक्ष बास्तोलाले ब्यानर पढेर अधिबेशनको उद्घाटन शत्रको सन्चालन कृष्ण गौतम र अध्यक्षता गणेश राईले गरेका थिए।
नेकपा एमालेले बुधबार नेचासल्यानको ३ नं वडा र मंगलबार ४ नं वडाको अधिबेशन सम्पन्न गरेको थियो।एमाले ३ नं वडा कमिटीको अध्यक्षमा एकनाथ भट्टराई र ४ नं वडा कमिटीको अध्यक्षमा भुवाजीत राई सर्बसम्मत रूपमा वडा कमिटी अध्यक्षमा निर्बाचित भएका थिए।

