सोलुखुम्बु : एमाले जिल्ला कमिटीको १५ औं पूर्ण बैठक बुधबार, वडा र गाउँ अधिबेशनबारे छलफल हुने



सोलुखुम्बु ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको बैठक आगामी बुधबार बस्ने भएको छ।

सदरमुकाम सल्लेरीस्थित समिक्षालयमा बस्ने सो बैठकमा पार्टी को वडा तथा गाउँ नगर अधिबेशनका बिषयमा छलफल गर्ने कार्यसूची रहेको एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।एमाले सोलुखुम्बु जिल्ला कमिटीको यो १५ औं पूर्ण बैठकको हो।मुलुकभरका सबै वडामा कात्तिक ६ र ७५३ वटै स्थानीय तहमा ९ गते अधिबेशन सम्पन्न गर्ने केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका लागि ठोस विधि र मापदण्ड तय गर्दै जिल्ला कमिटीको यो बैठकले जिल्लामा वडा अधिबेशनका लागि नेतृत्वको कार्यबिभाजन गर्ने अध्यक्ष बास्तोलाको भनाई छ। ।

एमाले केन्द्रीय केन्द्रीय कमिटीले यश अघि आगामी मंसिरमा महाधिवेशन सम्पन्न गर्नका लागि कात्तिक ६ गते वडा र ९ गते स्थानीय तहको अधिबेशन मुलुकभर एकैदिन सम्पन्न गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्