प्रधानन्यायाधीशको कोटामा मन्त्री नियुक्त हमालले दिए राजीनामा



 

काठमाडौं।प्रधान्यायाधीस चोलेन्द्र शम्सेर जबराको कोटाबाट मन्त्री नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

चौतर्फी आलोचना भएपछि नवनियुक्त प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्