माप्यदुधकोशी : कांग्रेस-माओवादी केन्द्र परित्याग गरि २ सय ३३ कार्यकर्ता एमालेमा प्रवेश



सोलुखुम्बु। जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा २ सय ३३ जना कांग्रेस-माओबादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले माप्यदुधकोशी गाउँपालिका कमिटीद्वारा शनिबारआयोजित गाउँ स्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस(माओवादी केन्द्र परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन।

गाउँपालिका कमिटी अध्यक्ष जुनिता मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य मानबीर राई र बिशेष अतिथि बुद्धिकिरण राई र जिल्ला कमिटी सोलुखुम्बुका सचिब आश कुमार राई ुशिशिरु ले नवप्रबेशीहरुलाई स्वागत गरेका थिए।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एबम् ४ नं वडा इन्चार्ज भीमबहादुर राई,जिल्ला कमिटी सदस्य एबम् ४ नं वडा कमिटी अध्यक्ष राजेन्द्र राई, जिल्ला कमिटी सदस्य एबम् वाईसीएल इन्चार्ज सारजन राई,अनेमसंघ जिल्ला कमिटी सदस्य मायादेवी राई लगायत २ सय ३३ जना एमाले प्रवेश गरेको गाउँ कमिटी अध्यक्ष मगरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्