सोलुदुधकुण्डमा भारी मत अन्तरले आङगेलु समूहका सोनामग्याल्जेन कांग्रेस सभापतिमा निर्बाचित



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका समितिको सभापतिमा भारी मतअन्तरले सोनाम ग्याल्जेन शेर्पा बिजयी भएका छन्।

पार्टीको १४ औं महाधिवेशनका क्रममा भएको बुधबार सम्पन्न नगरअधिबेशनले शेर्पालाई सभापतिमा निर्बाचित गरेको हो।मंगलबार सुरु अधिबेशनका क्रममा बुधबार भएको मतदानमा खसेको कुल १८० मत मध्ये शेर्पाले १०१ मत प्राप्त गरेका थिए।उनका प्रतिद्वन्द्वी मिङमार शेर्पाले ६६ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।खसेको मध्य १३ मत बदर भएको थियो।

नगर सभापतिमा निर्बाचित शेर्पा पूर्ब कांग्रेस जिल्ला सभापति आङगेलु शेर्पा र उनका प्रतिद्वन्द्वी मिङमार पूर्बमन्त्री बलबहादुर केसी समूहका हुन्।उनीहरू छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।दुबै समूहले प्रतिष्ठाको बिषय बनाएको नगरअधिबेशन शेर्पा समूहले प्यानल नै जित हासिल गरेको छ।

उता जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको बुधबार सम्पन्न अधिबेशनले कांग्रेस सभापतिमा नविन कार्कीलाई निर्विरोध चयन गरेको छ ।

समितिको उप–सभापतिमा दिनेश राई र आङकाजि शेर्पा, सचिवमा तेजनारायण मगर र अविरल तामाङ, सह–सचिवमा मिङमार शेर्पा र भिम कामी, कोषाध्यक्षमा आशवरी राई निर्विरोध चयन चयन भएका छन्।
जिल्लाका अन्य पांच गाउँपालिकाले परिणाम हिंजै सार्बजनिक भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्