नेपाली काँग्रेस नेचासल्यानको सभापतिमा निरकुमार शर्मा कट्टेल बिजयी



सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिको सभापतिमा निरकुमार शर्मा ९जय नेपाल० निर्बाचित भएका छन्।

मंगलबार सम्पन्न १४ औं गाउँ अधिबेशनका क्रममा भएको निर्बाचनमा बर्तमान सभापति निरकुमार शर्मालाई पछि पार्दै उनी सभापतिमा निर्बाचित भएका हुन।निर्बाचनमा बिजयी शर्मा कटेलले सभापति शर्माको भन्दा ३०बढी मत ल्याएको निर्बाचन समितिले जनाएको छ।समितिका अनुसार निर्बाचित शर्मा कटेलले ५७ र प्रतिद्वन्द्वी शर्माले २७ मत प्राप्त गरेका थिए।८ मत बदर भएको छ।

सोही निर्बाचनबाट गाउँ पार्टी उपसभापतिमा घनश्याम बास्तोला ५८ र कैलाश निरौला ७१ मत ल्याएर निर्बाचित भएका छन् ।सचिबमा भने दुर्योधन राई र तारा९मिलन० खत्री र सहसचिवमा दिपक घिमिरे र नवराज श्रेष्ठ निर्बिरोध निर्बाचित भएका थिए।

यसअघि लिखुपिकेको सभापतिमा सुरज बस्नेत निर्बाचित भएको निर्बाचन समितिले घोषणा गरेको थियो। जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका,सोताङ र महाकुलुङको सभापतिमा क्रमशः चुङ्बा शेर्पा,कृष्ण कार्की र बलकुबीर राई सर्बसम्मत चयन भएका थिए। निर्बाचन भएका सोलुदुधकुण्ड र थुलुङ दुधकोशीको मत परिणाम आउन बांकी छ भने माप्यदुधकोशीको अधिबेशन भोलिसम्नका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्