सोलुखुम्बु : तीन गाउँपालिकामा कांग्रेस सभापति सर्बसम्मत,चारवटामा निर्बाचन हुँदै (को-को भिड्दैछन्)



सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा सोलुखुम्बु जिल्लाका ८ वटै स्थानीय तहमा मंगलबार अधिबेशन भएको छ।एउटा नगरपालिका र सातवटा गाउँपालिका भएको सोलुखुम्बुका तीनवटामा सर्बसम्मत सभापति चयन भएका छन् भने चारवटामा निर्बाचन भइरहेको सोलु कांग्रेसका सभापति बिनोद बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार खुम्बु पासाङल्हामु, महाकुलुङ र सोताङमा सभापति निर्बिरोध भएका छन।खुम्बु मा चुङ्बा शेर्पा,महाकुलुङमा बल कुबीर कुलुङ र सोताङमा कृष्ण कार्की सभापतिमा सर्बसम्मत भएको बताईएको छ।यी मध्ये खुम्बुमा अन्य पदाधिकारी पनि सर्बसम्मत भएका छन् भने अन्यत्रको बिबरण प्राप्त हुन सकेको छैन।

जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड र नेचासल्यान गाउँपालिका,थुलुङदुधकोशी,लिखुपिकेमा निर्बाचन भइ रहेको बताईएको छ। सोलुदुधकुण्डमा मिङमार शेर्पा र सोनाम ग्याल्जेन शेर्पा, नेचा सल्यानमा निरकुमार शर्मा र निरकुमार शर्मा (जय नेपाल), थुलुङ दुधकोशीमा भक्त गुरुङ र बल बहादुर बस्नेत तथा लिखुपिकेमा मिना कार्की बस्नेत र सुरज बस्नेत चुनाबी मैदानमा छन् । सम्पर्क अभावका कारण माप्यदुधकोशीको भने आधिकारिक बिवरण प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्