सोलुखुम्बु : राष्ट्रिय युवा संघ अध्यक्षमा किरांती, युथफोर्स संयोजकमा मगर



सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी ९एमाले०निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा राष्ट्रिय युवा संघ भेला तथा युथफोर्स घोषणा कार्यक्रम सम्पन्न भएको छ।

युथफोर्स नेपालका संयोजक तथा राष्ट्रिय युवा संघका उपाध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रवेश किरांतीको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल र साजन मगरको संयोजकत्वमा युथफोर्स नेपाल जिल्ला कमिटी गठन गरेको भेला आयोजक समितिका संयोजक योगेश श्रेष्ठले जानकारी दिनुभयो।

राष्ट्रिय युवा संघ नेपाल आवद्ध सयौं युवाहरूको उपस्तिथिमा सम्पन्न भेलाद्वारा गठित ८७ सदस्यीय युवा संघको जिल्ला कमिटीमा गणेश थापा उपाध्यक्ष र शिरा कुलुङ कोषाध्यक्ष रहेको श्रेष्ठले बताए।युथफोर्स नेपाल भने पछि थप्दै जाने गरि हाललाई १ सय १ सदस्यीय गठन गरिएको छ।

भेलालाई विशेष अतिथि नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,नेकपा एमाले प्रदेश १ कमिटी सदस्यद्वय मानबीर राई र महेश किरांती,सोलुखुम्बु जिल्ला अध्यक्ष डुफकुमार बास्तोला,सचिब शिशिर खालिङ,सचिवालय सदस्य वीर उदास श्रेष्ठ र जुनिता मगर,राष्ट्रिय जनसांस्कृतिक मन्छ सोलुखुम्बुका संयोजक बिशेश खालिङ लगायत राष्ट्रिय युवा संघ नेपालका अन्य केन्द्रीय तथा प्रदेश नेताहरूले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्