तीन दिन सर्यो सोलु कांग्रेसको गाउँ/नगर अधिबेशन,आगामी मंगलबार हुने
सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बु को गाउँपालिका तथा नगरपालिका अधिबेशन तीन पछि सरेको छ।

१४ औं महाधिवेशनको घोषित कार्यतालिका अनुसार शनिबार सम्पन्न हुनुपर्ने सो अधिबेशन तीन पछि सारेर १२ गतेका लागि पुर्याईएको हो। भौगोलिक कठिनाइका कारण मतदान अधिकृत हरुलाई सम्बन्धित गाउँपालिकामा पुर्याउन नसकिएका कारण अधिबेशन पर सारिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जानकारी दिनुभयो ।
केन्द्रबाट अधिबेशनका लागि खटिएका निर्बाचन अधिकृत कैलाश गुरुङको उपस्तिथिमा जिल्ला कार्य समिति सोलुखुम्बुको बैठकले जिल्लाका सातवटै गाउँपालिका तथा एउटा नगरपालिकामा १२ गते अधिबेशन सम्पन्न गर्ने निर्णय भएको सभापति बस्नेतको भनाई छ।

