म माओबादी केन्द्र होइन एमालेमै छु: डसर्की शेर्पा



सोलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला कमिटी सदस्य रूपमामा प्रचार गरिएका डसर्की शेर्पाले आफू एमालेमै रहेको बताएका छन् ।

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको १४ औं पूर्ण बैठकमा सहभागी भएका शेर्पाले शनिबार तत्कालीन नेकपाको अन्तरद्वन्द्वमा आफुले प्रचण्ड(नेपाल समूहलाई साथ दिए पनि पार्टी नै बिभाजन गरेर गएको अवस्थामा आफ्नो मुल पार्टी त्यागेर उनीहरुलाई साथ दिने अवस्था नरहेको बताएका थिए।

०५४ सालको स्थानीय निर्बाचनमा नेकपा एमालेको तर्फबाट तत्कालीन भकान्जे गाबिसको उपाध्यक्षमा निर्बाचित शेर्पाले कुनै हालतमा पार्टी नफुट्ने भन्दै उनीहरूले बचनबद्दता गरेर आफुलाई झुक्याएको आरोप लगाउंदै माओवादी केन्द्रप्रति आफ्नो समर्थन हिजो पनि नरहेको र अब पनि नरहने प्रष्ट पारेका थिए।अहिलेको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्‍याउन र देशको बिकास गर्न नेकपा एमालेमागोलबद्द हुनुको विकल्प नरहेको शेर्पाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्