प्रदेश २ : लोसपालाई १६ प्रदेशसभा सदस्यको साथ,सभामुख यादव पनि आफ्नै पक्षमा रहेको दावी



जनकपुर ।प्रदेश २ का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पक्षमा सनाखत गरेका छन्।

सोमबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी उनले लोसपा रोजेका हुन्।

योसँगै प्रदेश २ मा लोसपामा सनाखत गरेका सांसदहरूको संख्या १६ पुगेको छ। यद्यपि सभामुख सरोज कुमार यादव समेत आफूहरूतिरै रहेकाले लोसपाका १७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सदस्य सोनलले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्