एमाले महासचिव पोखरेलले सभामुखलाई दिए चेतावनी- ‘हिसाबकिताब’ अब संसदमा हुन्छ’

काठमाडौं।एमाले महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक ओहोदाको दुरुपयोग गरेको आरोप लगाउँदै उनको भूमिकाको संसद्मा नै ‘हिसाबकिताब’ हुने बताएका छन् ।

एमाले बिभाजनका लागि सभामुख सापकोटाले ठुलो षड्यन्त्र गरेको आरोप लगाउंदं काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन।
महासचिव पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनाएको आरोप पनि लगाए । उनले छिमेकी मुलुकका हेलिकोप्टर नेपाली सीमाभित्र आएर सेनाको ब्यारेकमाथि उडिरहँदा सरकारले बोल्न नसकेको तर्क गरे । ‘देशको नागरिक ज्यादतीपूर्ण तरिकाले मारिँदा छिमेकी मुलुकलाई कूटनीतिक नोटसमेत दिन नसक्ने सरकारलाई धिक्कार छ,’ पोखरेलले भने ।

