सोलुखुम्बु : नेकपा (एकीकृत समाजबादी)को पहिलो बैठक सम्पन्न, के-के गर्‍यो निर्णय ?



सोलुखुम्बु। नेपाल कम्युनिस्ट पार्टी एमालेको जिल्ला कमिटी ९एकीकृत समाजबादी० मा रुपान्तरण गरिएको छ।
नेकपा९ एकीकृत समाजबादी०को पहिलो जिल्ला कमिटी बैठकले समानान्तर कमिटीलाई एकीकृत समाजबादीमा रुपान्तरण गरेको सो पार्टीका प्रचार बिभाग प्रमुख तेन्जिङ शेर्पाले जानकारी दिए।बैठकले तेन्जी शेर्पा नेतृत्वको अनेरास्वविययू जिल्ला कमिटीलाई पनि नेकपा एकीकत समाजबादीको भातृ संगठनको रूपमा रहने गरि समाहित गरिएको उनले बताए।

शेर्पाका अनुसार बैठकले १६ सदस्यीय जिल्ला सचिवालय र ७ जनालाई जिल्ला कमिटी थप गर्ने निर्णय गर्नुका साथै विभिन्न बिभाग र स्थानीय तहका संयोजक पनि तोकेको उनले बताए। सचिवालयमा दोर्जी जाङ्बु शेर्पा, डिल्ली राई,मानवीर राई, ए आर शर्मा, राम थुलुङ, तेन्जिङ्ग शेर्पा, सोनाम वाङछेन शेर्पा,जी वी बस्नेत, एच एम खतिवडा, फुग्याल्जेन शेर्पा, पी।आर बस्नेत, पेमा छेवाङ शेर्पा,सोभितमान राई,शङ्कर बास्तोला मणिकर्ण राई र तिलजंग राई छन भने जिल्ला कमिटी सदस्यमा सन्तोष थुलुङ, थिर प्रसाद कट्टेल,कुमार शर्मा,विवश कुलुङ,थुतोप दोर्जी शेर्पा,दा जाङमु शेर्पा र नकुल कामी थप गरिएको उनले बताए।

यसैगरी बैठकले प्रचार प्रसार विभाग प्रमुखमा तेन्जिङ्ग शेर्पा,युवा विभाग प्रमुखमा सोनाम वाङछेन शेर्पा ,विद्यार्थी विभाग प्रमुखमा सोभितमान राई, महिला बिभाग प्रमुखमा एच एम खतिवडा र सम्पर्क समन्य प्रमुखमा आङकामी शेर्पालाई चयन गरिएको छ।

यसैगरि बैठकले स्थानीय तहका संयोजक चयन गर्दै सोलुदुधकुण्ड नगरपालिकामा सन्तोष थापा मगर
थुलुङ दुधकोशीमा कल्पना गिरी
नेचासल्यानमा विष्णु बास्तोला
सोताङ गाँउपालिकामा जुद्धबहादुर कार्की,खुम्बु पासाङल्हामुमा दोर्जी सुशील शेर्पा,लिखुपिकेमा आङ कामी शेर्पा र माप्य दुधकोशीमा सौमाया राईलाई जिम्मेवारी दिइएको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्