देउवालाई संकट माथि संकट, गोपालमानले पनि गरे सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं।वर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका छन् ।

महाधिवेशन नजिकिएसँगै सभापति लगायतका पदमा उम्मेदवारी दिने क्रम चलिरहेका बेला कांग्रेसको संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले गृह जिल्ला स्याङ्जा पुगेर नेता कार्यकर्ताहरुका बीच औपचारिक रुपमा सभापति लड्ने घोषणा गरेका हुन् ।
देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक गठन गर्दा कार्यबाहक सभापतिको जिम्मेवारी पाएका श्रेष्ठले आफूलाई देशभरका साथीहरुको सहयोग रहने दाबीसहित १४ औँ महाधिवेशनमा सभापति लड्ने घोषणा गरेको बताए ।
यसअघि देउवा निकट रहेकै उपसभापति विमलेन्द्र निधिले केहि दिन अघि सम्पर्क कार्यालय खोल्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेपछि देउवा झन संकटमा धकेलिएको विश्लेषण गरिएको छ।

