मिश्रले बोलाए विवकेशील साझाको केन्द्रीय समिति बैठक, अर्का संयोजक पाण्डेको आपत्ति

काठमाडौ। बिभाजनको डिलमा रहेको विवकेशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आगामी बिहिवारका लागि बोलाइएको छ । पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न भन्दै अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

मिश्रले केन्द्रीय समिति बैठक बोलाएको भन्दै अर्का संयोजक पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले बैठक रोक्न माग गरेका छन् ।यसअघि मिश्रले संघीयता खारेजी र धर्मका विषयमा जनमत संग्रहको विचार अगाडि सारेपछि विवेकशील साझा पार्टीमो चरम विवाद छ । अध्यक्ष मिश्रले संघीयता खारेजको वकाल गरेका छन् भने मिश्रको जवाफमा संयोजक मिलन पाण्डेले त्यसको कडा विरोध जनाएका छन् ।
मिश्र र पाण्डेले दुई परस्पर विरोधी विचार सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी पनि विभाजनको खतरामा परेको छ ।

