माओवादी केन्द्र सोलुको इन्चार्जमा राई, बस्नेतलाई प्रदेश १ समन्वय सम्पर्क समिति इन्चार्जको जिम्मेवारी

काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु इन्चार्जको जिम्मेवारी हेमकुमार राई सुरबीरले पाएका छन् ।
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेरसहित केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोक्ने क्रममा सोलुखुम्बु इन्चार्जको जिम्मेवारी राईलाई दिएको हो। सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्बाचित राई यसअघि पनि सो पार्टी को इन्चार्ज रहेका थिए।

बैठकले सोलुखुम्बु जिल्लाकै अर्का नेता शिबकुमार बस्नेत राजेन्द्रलाई प्रदेश १ समन्वय सम्पर्क समिति इन्चार्जको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।राई र बस्नेत दुबै पार्टी केन्द्रीय कमिटी सदस्य हुन।
केन्द्रीय समिति बैठकले गरेको कार्यबिभाजन अनुसार पार्टी स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।
पार्टी प्रबक्तासहित प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ।
यसअघि प्रबक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इञ्चार्ज तोकिएका छन।
यसैगरी प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।
वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् ।
मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ ।
लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटा (दीपशिखा)ले पाएका छन् ।

