सोलु कांग्रेसका नेता बस्नेत कांग्रेस केन्द्रीय संगठन बिभागको सदस्य मनोनीत

काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बु का नेता रामबहादुर बस्नेत नेपाली कांग्रेस केन्द्रीय संगठन बिभागको सदस्यमा मनोनीत भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बस्नेतलाई सो पदमा मनोनयन गरेका हुन्।उनलाई सभापति देउवाले पार्टी बिधान २०१७( संशोधन सहित) को धारा २५ (९) बमोजिम संगठन बिभाग सदस्यमा मनोनीत गरिएको नेपाली कांग्रेसले जनाएको छ।
सोलुखुम्बु कांग्रेसभित्र स्पष्टबक्ताका रूपमा चिनिने बस्नेत पार्टीका पूर्ब महासमिति सदस्य हुन।उनले यसअघि पार्टी जिल्लाको संगठन बिभागको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गरेका थिए। नेता बस्नेतले पार्टीको आशन्न १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिबेशनमा आफू सभापतिको दावेदार रहेको बताउंदै आएका छन् ।

