नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुंदै

काठमाडौं।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। आजबाट बैठक केही दिनसम्म चल्ने माओवादी नेताहरुले जानकारी दिएका छन् ,

सुरुको दिन शनिबार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति तथा सांगठनिक विषय समेटिएको प्रतिवेदन पेश गर्नेछन् ।
शनिबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि शुक्रबार माओवादीको स्थायी समिति बैठक बसेको थियो ।

