कांग्रेसमा २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावली सहित)

काठमाडौं।पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने माग गर्दै राजीनामा २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा सामूहिक राजीनामा दिनेमा नन्दकुमार दत्त ,कुमार खड्का,बालकृष्ण पाण्डेय,गोरख विष्ट,नरेन्द्रकुमार चौधरी ,हसन अन्सारी,किरणराज शर्मा पौडेल,रमा कोइराला पौडेल,
कष्णकिशोर घिमिरे,गोपालबहादुर बस्नेत,सुधीरकुमार शिवाकोटी,मनोहरनारायण श्रेष्ठ,ध्रुव वाग्ले,मोहनसिंह राठौर,शम्भुलाल श्रेष्ठ,अभिशेखप्रताप शाह,दयाराम पाण्डे,जनकराज कलौनी,भूमिबहादुर (विश्व) गुरुङ,
दिलीप राई,आशाराम चौधरी,राजेशबहादुर सिंह छन्।
क्षेत्रीय सभापति र जिल्ला सभापतिमा एक व्यक्ति एक पटक मात्र लड्न पाउने व्यवस्था गर्नसमेत उनीहरूले माग गरेका छन् ।

