लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री केसीले गरे मन्त्रीमण्डल बिस्तार



काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विहीवार मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन । उनले बिहिवार सात मन्त्रीलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्नु भएको छ ।

मुख्यमन्त्री केसी र अन्य मन्त्रीहरुले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।उनीहरुलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन ।विहीवार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् ।सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्