माधव समूहले सोलुमा गठन गर्यो अनेरास्ववियुको समानान्तर कमिटी, अध्यक्षमा तेन्जी

सोलुखुम्बु । नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूहले जिल्लामा तेन्जी शेर्पाको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष दोर्जी जाङ्बु लामाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भेलाले शेर्पाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा किरण निरौला ,सचिवमा दिवस कुलुङ सहसचिवमा सन्ताबिर तामाङ र कोषाध्यक्षमा मिङ्मा याङजी शेर्पा रहेका छन् भने सदस्यहरुमा सुजिता कुलुङ , ज्ञानुमाया नाछिरिङ, थर्चेन शेर्पा ,सोनाम तामाङ ,बिकास राई प्रविन कुलुङ , मिस्टर सन्देश राई मनोज तामाङ ,अंचल राई , शैलेन्द्र तामाङ ,दायाङ्जी शेर्पा ,सुनिल बस्नेत ,छिरिङ शेर्पा र सुनिल बस्नेत रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।

भेलामा एमाले जिल्ला कमिटी सचिब डिल्ली राई ,जिल्ला कमिटी सदस्य मणि कर्ण राई र युवा संघ केन्द्रिय सदस्य किशोर कटुवालको पनि उपस्तिथि थियो।

