श्रीसृजनशील युवा क्लब, सोताङको अध्यक्षमा मिलन नाछिरिङ सर्बसम्मत

सोलुखुम्बु ।श्री सृजनशील युवा क्लब, सोताङ गाउँपालिका- ५ गोर्खिमको सोलुखुम्बु पहिलो साधारणसभा सम्पन्न भएको छ।

सोताङ गाउंपालिकाका अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले मिलन नाछिरिङको अध्यक्षतामा क्लबको नयाँ कार्य समिति चयन गरेको छ।सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा एकराम राई,सचिबमा खड्ग बहादुर बिक,सह- सचिबमाअञ्जली नाछिरिङ र कोषाध्यक्षमा एलिना नाछिरिङ रहेका छन् ।
यसैगरी सदस्यहरुमा अनिल कार्क भुपाल राई, नेल्सन राई, सन्तोष बिक, लक्ष्मी नेपाली र विश्व राई चयन भएको क्लबका अध्यक्ष नाछिरिङले जानकारी दिए।
साधारणसभामा कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै कक्षा शिशु देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुका लागि सन्चालित दुई महिने नि:शुल्क कक्षाका लागि शिक्षकको रुपमामा सहयोग गर्ने दुई जना शिक्षक र उत्कृष्ट चार बिद्यार्थीहरुलाई नगद र प्रशंसापत्र बाट सम्मानित गरिएको थियो।साथै SEE उत्तीर्ण बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको नाछिरिङले बताए ।
नवनिर्बाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा नि:शुल्क जग्गादाता खोजी संस्थाको आफ्नै भवन बनाउने पहल गर्ने, नि:शुल्क कक्षा(ट्युसन) सञ्चालनका लागि आर्थिक श्रोतहरु खोजी गरी निरन्तरता दिने र विभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर आफ्नो रचनात्मक क्रियाकलापहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

