स्थानीय तहलाई प्रदेश मातहत राखे आन्दोलन गर्ने सरोकारवालाहरुको चेतावनी



काठमाडौँ। स्थानीय तहलाई प्रदेश तह मातहत लैजाने सत्तारुढ गठबन्धनको प्रस्तावप्रति विरोध जनाउँदै सरोकारवाला संस्थाहरुले
यसलाई नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकार सञ्चालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ उल्लेख छ ।

शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तहको प्रतिनिधिमूलक संगठनहरू गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले न्युनतम साझा कार्यक्रमको उक्त बुँदाप्रति आपत्ति जनाएका हुन् । उनीहरूले  कार्यक्रममा नेपाल नगरपालिका संघका अशोककुमार व्याञ्जु श्रेष्ठले नेपालमा स्थानीय स्वायत्त शासनको अभ्यासको इतिहास धेरै लामो रहेको स्मरण गर्दै अहिले त्यसलाई प्रदेश मातहत ल्याउनु गतल भएको बताए । ‘जनताको नजिकमा रहेको गौरवमय इतिहास बोकेको र लोकतन्त्रको आधारस्तम्भ रहेको स्थानीय तहको संवैधानिक अधिकार अक्षुण राख्न जस्तोसुकै परिस्थितिको सामना गर्नपनि तयार छौं,’ उनले भने, ‘विश्वभरिको विकासको कुरा गर्दा स्थानीय तहबिना विकास भएको छैन् । स्थानीय तहबिना विकास हुनैसक्दैन ।’

प्रतिक्रिया दिनुहोस्