स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्न सबैलाई अपिल गरेका छन् ।

शनिवार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमा पैधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले कोरोनाभाइरसको तेस्रो लहर आउने संकेत देखिएको भन्दै अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, राम्रोसँग मास्क लगाउन, भौतिक दुरी कायम गर्न, बारम्बार साबुन पानीले हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
यस्तै उनले कोरोना खोप अभियान चलिरहेको भन्दै खोप लगाउन जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

