लुम्बिनी प्रदेश : सत्तापक्ष र विपक्षीबीच चर्को आरोप-प्रत्यारोप

काठमाडौं।लुम्बिनी प्रदेश प्रमुख शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गराएको अबिश्वास प्रस्तावमाथि छलफलका लागि बोलाईएको बिशेष अधिबेशनको मिति नजिकिँदै जांदा सत्ता पक्ष र विपक्षीबीछ चर्को आरोप प्रत्यारोप सुरुभएको छ।

विपक्षी दलहरुले सांसद अपहरणको आरोप लगाउंदै मुख्यमन्त्रीमाथि कारबाही हुनुपर्ने माग गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले एमालेकै दुई सांसदलाई राजीनामा गराउने, ६ जनालाई निष्काशन गर्ने र एक जनालाई दल परिवर्तन गराउन सक्ने विपक्षीले सांसद अपहरणको गलत आरोप लगाएको भन्दै कटाक्ष गरेका छन् ।
‘दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’
बिहिवार पत्रकार सम्मेलन गरेर सांसद विमला वलीले आफूलाई अपहरण गरेर मुख्यमन्त्री कार्यालयमा राखिएको दावी गरेकी थिइन् ।

