साउन २७ गतेलाई बोलाईयो लुम्बिनी प्रदेशसभाको बिशेष अधिबेशन

काठमाडौं।लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी विशेष अधिवेशन आह्वानबारे जानकारी दिएकाे हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले साउन १८ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

