अनधिकृत गतिविधिमा सरिक नहुन नेता कार्यकर्तालाई एमालेको अपिल



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज पार्टी केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ।

एमाले केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोप्रति एमालेको ध्यानाकर्षण भएको भन्दै केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले पार्टीका तर्फबाट कुनै बैठक आयोजना नगरिएको स्पष्ट पारेका हुन् ।

तामाङले बुधबार जारी गरेको बिज्ञप्तिमा पटकपटक एमालेका नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने बिषय संबिधान,प्रचलित कानुन र पार्टी बिधान बिपरित हुने भएकाले त्यस्ता गतिविधिमा नलाग्न कार्यकर्तालाई अपिल समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्