स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको निर्णयमा प्रधानमन्त्री देउवाको हस्तक्षेप



काठमाडौं।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको पहिलो निर्णयमै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेका छन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्न निर्देशन दिंदै प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठको निर्णयमाथि हस्तक्षेप गर्नुभएको हो।

राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गर्नुभएको थियो । युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाउनुभएको थियो ।

यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई सरुवा गरिएको थियो । तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाउनुभएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि सरुवा रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्