राष्ट्रियसभा बैठकमा तुईन प्रकरण : सरकार भारतसंग ‘कम्फर्टेबल’ बन्न खोजेको आरोप



काठमाडौँ । राष्ट्रिय सभाकी सांसद कोमल वलीले महाकाली घटनाको विषयमा सरकारको उदासिनतामा प्रश्न उठाएकी छिन् ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘महाकालीको विषयमा सरकार समितिमात्र बनाएर बस्छ कि भारतसँग कुरागर्ने हिम्मत पनि गर्छ ।’

साथै उनले तुइन क्रस गर्न १ मिटरमात्र बाँकी भारतीय एसएसबीले तुइन काटिदएको विषयमा नेपाल सरकारले भारतसँग कुरा नगरेर यसलाई ‘कम्फर्टेबल’ बन्न खोजेको हो ? भन्ने प्रश्न समेत गरेकी छिन् ।

वलीले दार्चुलाको महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषय आपत्तीजनक रहेको बताउदै सरकारले भारतसँग कुरा गर्ने हिम्मत राख्नुपर्ने धारणा राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्