इजरायल जान चाहनेका लागि सुबर्ण अवसर,७०० महिला र ३०० पुरुष केयरगिभरको माग



काठमाडौं।वैदेशिक रोजगार विभागले गत मंगलबार इजरायलको केयर गिभर रोजगारीका लागि आवेदन दिने सूचना जारी गरेकोे छ ।

इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने बताएको छ । जसमा महिला कामदार ७० प्रतिशत अर्थात ७ सय जना र पुरुष कामगार ३० प्रतिशत अर्थात ३ सय जनाले यो अवसर पाउने छन् ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् । सरकारी तवरबाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ ।

कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयां बुझाउनु पर्ने छ। विभागका सूचना प्रविधि शाखाका अनुसार विभागको वेबसाइटमा इजरायल रोजगारीका लागि भनेर सूचना राखिएको र त्यहाँ क्लिक गर्‍यो भने त्यहीँबाट नै आवेदन दिने ठाउँमा पुग्न सकिनेछ ।

अनलाइन आवेदन दिँदा व्यक्तिगत जानकारी (पर्सनल डिटेल) मा गएर आफ्नो व्यक्तिगत जानकारीहरू राखेपछि क्रमशः आफ्नो शिक्षा, तालिम, फोटो, पासपोर्ट र नागरिकता अपलोड गर्नुपर्नेछ ।

प्रणालीमा आफुले भरेका सबै विवरणको प्रि–भ्यू हेर्न मिल्ने र त्यसमा इडिटको विकल्प पनि रहेकोले अघि भरिएका केही विवरण सच्याउन पनि पाइने भएकाले असावधानीबस गलत विवरण परेका भएपनि सच्चाउन सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्